+

त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा: पोखरेल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा: प्रवलराज पोखरेल नियुक्त हुनुभएको छ ।
     
यसअघिका प्रमुख प्रा: चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयको उपकुलपति प्रा डा केशरजङ्ग बरालले पोखरेललाई  वैशाख २३ गतेदेखि लागू हुने गरी ३ महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गर्नुभएको विश्वविद्यालयले जनाएको छ । सोह्र वर्षअघि पनि त्यही विभागको प्रमुख हुनुभएका प्रा पोखरेल लामो समयदेखि पत्रकारिता अध्यापनमा हुनुहुन्छ ।

विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै प्राध्यापक पोखरेलले राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रको प्रवद्र्धन, प्राज्ञिक उन्नयन र अध्ययन अनुसन्धानका साथै प्राविधिक तथा मानवीय स्रोत, साधनमा राज्यको लगानी वृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै