
तनहुँ । व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियान सम्बन्धि कार्यविधि’ २०८१ पारित गरेको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान उद्देश्यसहित कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिनुभयो । उहाँले अभियानलाई कार्यान्वयन गर्न चौधवटै वडा कार्यालयमा परिपत्रसमेत गरिएको बताउनुभयो ।
नगरपालिकाभित्र सबै प्रकारका प्लाष्टिक झोला प्रयोगमा पूर्णरूपमा निषेध गर्ने निर्णय भएकाले सामान खरीदगर्दा कपडा, फाइबर, जुट वा कागजको झोलामात्र प्रयोग गर्न नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ । साथै व्यापारी, व्यवसायीलाई समेत प्लाष्टिकको सट्टा वैकल्पिक झोला बिक्रिवितरण गर्न अनुरोध गरिएको छ ।
नगर उपप्रमुख इन्दिरा दरैले प्लाष्टिक झोलामुक्त व्यास नगर अभियान सफल बनाउने दायित्व सबै नगरबासीको भएकाले सबैले सूचनाको पालना गर्ने विश्वास व्यक्त गर्नुभयो । नियमानुसार नगरिए प्लाष्टिक झोला जफत गरी नियमअनुसार जरिवाना गर्ने व्यवस्था रहेकाले अभियानलाई सफल बनाउन सबै तह र तप्काबाट सक्रिय असहभागिता हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
त्यसैगरी बैठकले व्यास नगरपालिका–५ स्थित मानहुकोट पर्यटकीय क्षेत्रमा घर निर्माणसम्बन्धि मापदण्ड तोकी घर निर्माण प्रक्रिया खुला गर्ने र मानहुकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री