
रामेछाप । सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन् । नेपाली सेना, शिक्षक, सव–ओभरसीयरको जागिर छाडेर स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ व्यवसाय थालेका उनीहरु पछिल्लो समय व्यवसाय सञ्चालन गर्न असमर्थ छन् ।
रामेछाप नगरपलिका–८ बिटारमा स्थानीय रुद्र श्रेष्ठ, भरतकुमार श्रेष्ठ र विश्वास श्रेष्ठले मिलेर कुखुरापालन शुरु गर्नुभएको थियो । तीनैजनाले संयुक्त रुपमा ७ करोड ५० लाख रुपैयाँको लगानीमा ‘नेशलन ब्लिडिङ प्रालि’ सञ्चालन गगर्नुभएको हो । बजारमा प्रतिस्पर्धा गर्न नसेपछि उहाँहरु चिन्तित हुनुहुन्छ ।
‘उत्पादन भएका कुखुराका चल्ला बिक्री हुन छाडे’ उद्योग सञ्चालक भरतकुमार श्रेष्ठले भन्नुभयो । एक दशक अघि व्यवसाय शुरु गर्दा चल्लाले राम्रै बजार पाएको उहाँले बताउनुभयो । त्यसपछि उत्साहित हुँदै लगानी थपेर पनि कोरोना माहामारीपछि व्यवसाय खस्कदै गएको श्रेष्ठ बताउनुहुन्छ ।
‘अहिले भारतबाट कर छली गरी ल्याइएका सस्तो मूल्यका चल्ला बिक्री भइरहेका छन्, यसले स्थानीय उत्पादन विक्री वितरण धारासायमा परेको छ’ उहाँले भन्नुभयो ।
व्यवसाय गर्न सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नभएको ब्याज बैंक तथा सहकारी संस्थालाई तिर्नुपर्दा हैरानी भएको अर्का सञ्चालक रुद्र श्रेष्ठले बताउनुभयो । चल्ला व्यवसायी सङ्घले प्रतिचल्लाको मूल्य ८५ रुपैयँँ कायम गरे पनि ६५ रुपैयाँ सम्ममा समेत बेच्नु परेको उहाँको भनाइ छ ।
चल्ला उत्पादन गर्न कम्तिमा २१ दिन लाग्छ । सबै खर्च कटाउँदा एउटा चल्ला उत्पादन गर्न ५० देखि ५५ रुपैयाँ सम्मा खर्च हुने गरेको श्रेष्ठले बताउनुभयो । सरकारी निकायले सहयोग नगरेकाले आफूहरु यो व्यवसाय छाड्न बाध्य हुने अवस्था आएको उहाँको भनाइ छ ।
मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले युवा उद्यमीलाई आफूले बैकसँग समन्वय गरेर बिना धितो ऋण दिलाएको बताउनुभयो । एक सय ७० युवा उद्यमीलाई तालिम समेत दिएको तर त्यसको सदुपयोग खासै नभएको उहाँको भनाइ छ । उद्योगी र स्थानीय सरकारको साझेदारीमा अझै लगानी गर्न सकिने नगर प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री