
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानी बुधबार उदयपुरमा निरीक्षण गर्दै उहाँले उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्रीले कारखाना निरीक्षण गर्दै सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको उल्लेख गर्नुभयो । सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने अर्थमन्त्रीको भनाई छ । ‘व्यवस्थापनमा ध्यान दिनु पर्यो, यहाँ काम गर्ने श्रमिकले पनि जिम्मेवारीवोध गर्नुपर्यो’, कसैले पनि जिम्मेवारीवोध नगर्दा यो अवस्था सिर्जना भएको हो । विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ’ उहाँले भन्नुभयोÞ– ‘निजी क्षेत्रले आफैँले जमिन किन्छ, उद्योगका संरचना आफैँ निर्माण गर्छ, ऋण लिएर मेसिन किन्छ र सञ्चालन गर्छ । सबै सञ्चालन खर्च तिरेर पनि नाफा कमाउँछ ।’
उदयपुर सिमेन्ट कारखाना सञ्चालनका लागि जापान सरकारले सहयोग गरेको हो । स्थापनाका बेला कारखानामा ४४ करोड रुपैयाँ लगानी गरिएको थियो । अहिले पनि कारखानाले १ अर्बको सावाँब्याज केही तिर्नुपरेको छैन । सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ । तर कारखानाले पूर्ति गर्न सकेको छैन । अहिले कारखानामा ७५ करोडको दायित्व रहेको अर्थमन्त्रीले बताउनुभयो ।
‘सरकारले व्यवस्थापक नियुक्ति गर्यो, त्यहाँ पनि कमजोरी छ, व्यावसायिकतालाई हामीले महत्व दिएनौँ’ उहाँले भन्नुभयो– व्यवस्थापनको नेतृत्व पनि कमजोर भयो, श्रमिकले आफ्नो जिम्मेवारी पूरा गरेनन्, सुविधा मात्र माग गर्नमा जोड दिए । त्यही कारणले उद्योगको अहिलेको अवस्था आएको हो ।’
कोभिड–१९ भन्दा अगाडिदेखि नै समस्या थपिँदै आएको अर्थमन्त्रीको भनाई छ । ‘महत्व दिएर यसको सम्पत्ति रक्षा गर्नुपर्छ भन्ने मानसिकता देखिएन, यसैले सफलता प्राप्त गर्न सकिएन’ उहाँले भन्नुभयो– उद्योगमा सरकारको सहभागिता जरुरी होइन । निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकारले लगानी गर्यो, मित्रराष्ट्रहरुको पनि सहयोग रह्यो । यसलाई निरन्तरता दिन जरुरी छ ।’
अर्थमन्त्रीले व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिवद्धता आएन भने उद्योग बचाउन कठिन हुने बताउनुभयो । उद्योग बचाउन समयसँगै नयाँ प्रविधिको उपयोग गर्न आवश्यक भएको उहाँको भनाई छ । अर्थमन्त्रीले उद्योग बचाउनुपर्छ भन्ने मानसिकता बोकेर काम गरे सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘प्रतिस्पर्धामा टिक्नुपर्छ, यो उद्योगमा अन्तबाट उठेको कर यहाँ हाल्दै जबर्जस्ती बचाउन सकिँदैन’ उहाँले भन्नुभयो– यसलाई बचाउन व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता जनाउनु पर्छ । अनी मात्र सरकारले हेर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध