+

दम्पती हत्याको अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल

पर्वत। पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पती मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा आइपुगेको छ । 
 
 स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६७ वर्षीया श्रीमती कमला जिसी आज घरमै मृत अवस्थामा भेटिएका थिए । उनीहरुको हत्या भएको प्रारम्भिक अनुमानपछि प्रदेशवाट विज्ञ टोली बोलाइएको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । जिसी दम्पतीको सोमबार राति अपरिचित व्यक्तिले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । 

 “गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञ टोली घटनास्थलमा आइपुगेको हो”, प्रहरी नायब उपरीक्षक भुसालले भन्नुभयो, “घटनास्थल प्रहरीको नियन्त्रणमा छ ।” घटना रहस्यमय देखिएकाल अनुसन्धान गर्न विशेषज्ञको टोली बोलाइएको उहाँले बताउनुभयो । 

 मृतक जिसी दम्पतिका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् । एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आउनुभएको छ । बेनीबजार पसल गरेर बस्ने जेठो छोरा रवीन जिसीले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाउनुभएको थियो । छिमेकीले घरको ढोकामा चाँबी लगाएको सुनाएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका खोल्दा बुबा आमा मृत अवस्थामा भेटिएका थिए ।

 जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पति मात्र बस्ने गरेको बताउनुभयो । “सोमबार बेलुका ८ः३० बजेको समयमा सूर्यबहादुरले मलाई फोन गरेर घर नजिकको पाखोमा डढेलो लागेको जानकारी दिनुभएको थियो”, उहाँले भन्नुभयो, “ पाखोमा लागेको डढेलो निभाउँदै हुनुहुँदो रहेछ, मैले डढेलो निभाउन अरु मानिस चाहिन्छ ? भनेर सोध्दा, पर्दैन निभ्न लागेको छ भन्नुभएको थियो ।”
 
 हरेक दिन बिहान आमासँग कुराकानी हुने भए पनि आज बिहान आमाको फोन नआएपछि आफूले फोन गर्दा नउठेको जेठा छोरा रवीन जिसीले बताउनुभयो । फोन नउठेपछि म्याग्दीमै बस्ने माइली बुहारीसहित रवीन घर पुग्दा आमाबुवा दुवैजना विभत्स अवस्थामा मृत भेटिएका थिए । 


धारिलो हतियार प्रहार गरी पर्वतमा दम्पतीको हत्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै