+

चीनले दियो तालिबानका राजदूतलाई मान्यता

काठमाडौँ । मित्रराष्ट्र चीनले  तालिबानका राजदूतलाई मान्यता  दिएको छ ।  ्यो मान्यतासँगै चीन तालिबान सरकारले तोकेका कूटनीतिज्ञलाई अफगानिस्तानका लागि राजदूतको हैसियत दिने पहिलो देश बनेको छ। 

चीनले तालिबान सरकारलाई वैध सरकारको मान्यता दिइसकेको बीबीसीले जनाएको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मंगलबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको थियो( चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको मान्यता दिएको हो ’  जवाफमा उनले भने, ‘चीन अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बाहिर राख्नु हँदैन भन्ने मान्यता राख्छ।’ 

जब अगस्ट २०२१ मा अमेरिकी सेना फिर्ता भयो र तालिबान फेरि सत्तामा आयो, काबुलमा आफ्नो दूतावास कायम राख्नेमा पाकिस्तान र रुसपछि चीन तेस्रो देश बनेको थियो। हालै भारतमा रहेका अफगानी दूतावास बन्द गरिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै