
काठमाडौँ । सत्ता समीकरण बदलिएसँगै मन्त्रीमण्डल आजै फेरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो गठबन्धन अनुसार आइतबार ३ जनालाई बिना विभागीय मन्त्री बनाउने तयारी गर्नुभएको छ । नयाँ गठबन्धन बनेपछि नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्ततन्त्र पार्टी (रास्वपा) बाट डीपी अर्याललाई जिम्मेवारी पछि तोक्ने गरी आजै मन्त्री बनाउन लागिएको हो ।
प्रधानमन्त्रीले गिरी, तामाङ र अर्याललाई मन्त्री बनाउने तयारी भइरहेको राष्ट्रपतिसमक्ष जानकारी गराउनुभएको छ । प्रधानमन्त्री दाहालले आइतबार शीतल निवास पुगेर मन्त्री बनाउने तयारीबारे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मौखिक जानकारी गराउनु भएको हो । ३ मन्त्रीको शपथ आजै बेलुकी ५ बजे हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह