
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुको शपथग्रहण भएको छ ।
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित सदस्यहरुलाई सोमबार संघीय संसद भवनको लहोत्से हलमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरु रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहराले शपथ लिनुभएको छ ।
समारोहमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिनुभयो । सचिवालयका कर्मचारीले सदस्यहरुलाई अध्ययन सामग्री वितरण गर्नुभयो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागी हुनुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई आइतबार बिदाइ गरिएको थियो । त्यसको भोलि पल्टै नवनिर्वचित सदस्यहरुलाई नयाँलाई स्वागत गरिएको हो । राष्ट्रियसभामा फागुन २० गते रिक्त भएको २० सदस्य मध्ये १९ जनाको पदपूर्ति भएको छ । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह