
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नयाँ सत्तासमीकरण बन्ने र रास्वपा पनि सरकारमा सहभागी हुने नेताहरूले बताएका छन् ।
सभापति एवं संसदीय दलका नेता लामिछानेकै नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने सो पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
“हाम्रो नेतृत्व सभापतिबाट नै हो । अघिल्लोपटक पनि हामी उहाँकै नेतृत्वमा थियौँ । यसपटक पनि उहाँले नै नेतृत्व गर्नुहुनेछ,” उहाँ भन्नुभयो । रास्वपाले ४ मन्त्रालय दाबी गरेको उहाँले जानकारी दिनुभयो । कुन–कुन मन्त्रालय लिने भन्ने छलफलपश्चात् टुंगो लाग्ने उहाँको भनाइ छ । “चार मन्त्रालय हामीले पाउनुपर्छ भन्ने हो । यसो हुँदा व्यावहारिक हुन्छ भन्ने हाम्रो मान्यता हो ।” उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन