
ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो ।
समितिद्वारा विनियोजित रु २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारीदिनुभयो । जम्मा दुई हजार ५० मिटरको प्राविधिक लागत अनुमान गरिएको उक्त योजनामा १२२ मिटर बढी पदमार्ग निर्माण गरीएको छ । उपभोक्ता समितिद्वारा स्थानीयस्तरबाट श्रमदान जुटाएर १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको अध्यक्ष लेछर्बोले जानकारी दिनुभयो ।
उक्त पदमार्ग हुँदै फुरुम्बो, फक्ताङलुङ गाउँपालिका र मिक्काखोला गाउँपालिकाका स्थानीय पाथीभरा मन्दिर जाने गरेको उपभोक्ता समितिका सचिव इन्द्र लेछर्बोले बताउनुभयो । एक मिटर २० सेन्टिमिटर चौडासहितको पदमार्ग निर्माण भएसँगै पाथीभरा ओहोरदोहोरमा सहजता हुन थालेको स्थानीयले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा