
बारा । भारतका विभिन्न तीर्थस्थल पुगेर फर्कने क्रममा बाराका एक यात्रीको मृत्यु भएको छ ।
तीर्थस्थल पुगेर फर्कने क्रममा महागढीमाई नगरपालिका– ६ लक्षुमनवा टोलका ७५ वर्षे गणेशप्रसाद कुशवाहाको आइतबार बिहान मृत्युभएको खबर आएको बाराका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभएको छ ।
प्रहरी प्रवक्ता न्यौपानेका अनुसार कुशवाह एक सय जनाको समूहसहित २५ दिनअघि धार्मिक यात्रामा निस्कनुभएको थियो । भारतका विभिन्न तीर्थस्थल पुगी भारतको आदापुरबाट पैदल फर्किने क्रममा उहाँ कलैया उपमहानगरपालिका–१२ स्थित नेरा आधारभूत विद्यालयमा विश्राम गर्नुभएको थियो ।
उहाँ शनिबार खाना खाएर सुत्नुभएको र आइतबार बिहान नित्यकर्म तथा पूजापाठ गरिसकेपछि बिरामी पर्नुभएको थियो । उहाँलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा