
मकवानपुर । बागमती प्रदेशमा साढे ५ लाख भेडा तथा बाख्रामा पिपीआर खोप लगाइएको छ ।
नेपालमा पछिल्लो समय पिपीआर रोगका कारण धेरै सङ्ख्यामा भेडाबाख्रा मर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत ५ लाख ५० भेडाबाख्रामा खोप लगाइएको छ ।
फागुन १६ गतेदेखि थालिएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौँथो दिन शनिबारसम्ममा पाँच लाख ४९ हजार ८१ बाख्रा जातमा खोप लगाइसकिएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख एवं प्रवक्ता सुजन कँडेलले जानकारी दिनुभएको छ । प्रदेशका सबै जिल्लास्थित पशुसेवा कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै भ्याक्सिनेटरद्वारा अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
पहिलो दिनको तुलनामा दोस्रो दिनदेखि हजारौँ बाख्रामा खोप लगाइएको तथ्याङ्क रहेको छ । बुधबारदेखि शुरु भएको कार्यक्रमअन्तर्गत शनिबारसम्म करिब पाँच लाख बाख्रामा खोप लगाइएको भन्दै हालसम्म भेडामा खोप नलगाइएको प्रवक्ता कँडेलले बताउनुभयो ।
प्रदेशको काभ्रेमा ६४ हजार ६ सय ८८, ललितपुरमा १२ हजार ७ सय ४७, काठमाडौँमा १४ हजार २ सय ९४, भक्तपुरमा ३ हजार १ सय ४३ बाख्रामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । दोलखामा ५६ हजार ९ सय ४०, सिन्धुपाल्चोकमा ४३ हजार ४ सय ९, रामेछापमा ४४ हजार ५ सय २७, सिन्धुलीमा ६४ हजार २ सय ४२ खोप लगाइएको प्रवक्ता कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार मकवानपुरमा ७५ हजार ६ सय २८, चितवनमा ४० हजार ५ सय ६३, नुवाकोटमा ५४ हजार ५ सय ७, रसुवामा ७ हजार ३७ र धादिङमा ६३ हजार ६ सय २५ बाख्रामा पिपीआर खोप लगाइएको छ । रोगका कारण किसानले ठूलो मात्रामा नोक्सानी व्याहोर्नु परेकाले विगतका वर्ष झैँ यसवर्ष पनि अभियान सञ्चालन गरी खोप लगाइएको कृषि, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक डा गौरीमान श्रेष्ठले बताउनुभयो ।
खोप अभियान फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । ‘करिब १५ लाख भेडाबाख्रामा खोप लगाउने लक्ष्यका साथ काम गरिरहेका छौँ’ निर्देशक श्रेष्ठले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा