
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दूध किसानको व्यथा उठाइएको छ। सांसदहरुले बैठकको शून्य समयमा मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै दूध किसानको समस्या उठाउनुभएको हो ।
सांसद देवप्रसाद तिमल्सेनाले पनि दूध किसानले आफ्नो उत्पादनको मूल्य नपाएको विषयबारे संसदमा सरकारको ध्यानाकर्षण गर्नुभयो । पशु चौपायामा लागेको लम्पीस्किन रोगको बीमा बापतको रकम भुक्तानी हुन नसकेको विषयमा पनि उहाँले उठाउनुभयो । उहाँले सम्बन्धित विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रीमन्त्रीले सदनमार्फत जवाफ दिनुपर्ने माग गर्नुभयो । सांसद नवलकिशोर साह सुडीले पनि दूध किसान पीडित भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद ठाकुरप्रसाद गैरेले नेपालमा सुन्तला उत्पादनको सम्भावना राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन र बजारीकरणका लागि सरकारी निकायबाट भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न समेत माग गर्नुभयो ।
सांसद डोलप्रसाद अर्यालले शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडित र नागढुङ्गा सुरुङमार्ग निर्माणमा भइरहेको ढिलाइबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद डा तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको आर्थिक पारदर्शितामाथि प्रश्न उठाउनुभयो । सांसद दीपक खड्काले बाढी पहिरोपीडितले राहत तथा क्षतिपूर्ति पाउन नसकेको र सङ्खुवासभाको किमाथांका नाका खुल्न नसकेको बताउनुभयो ।
सांसद दीपा शर्माले राष्ट्रिय गौरवका आयोजना नै बजेट अभावका कारण समस्या रहेको बताउनुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले संसदमा दुग्ध किसानले आफ्नो उत्पादनको मूल्य नपाएको र मिटरब्याज्पीडितले न्याय पाउन नसकेको विषय उठाउनुभयो ।
सांसद दुर्गा राईले संसद्को कार्यतालिका बनेर कार्यान्वयनमा आए पनि विभिन्न बहानामा संसद् अवरोध भइरहेकोबारे ध्यानाकर्षण गराउनुभयो । सांसद देवेन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेको दाबी गर्नुभयो ।
सांसद धवल शमशेर राणाले नेपालको संविधानमै व्यवस्था परिवर्तनको अधिकार दिएकाले संसद्मा फरक मत राख्न सकिने व्यवस्था राख्न सकिने जिकिर गर्नुभयो ।
सांसद धनबहादुर बुढाले डोल्पाको विमानस्थल सञ्चालन हुन नसकेको विषय उठान गर्नुभयो । सांसद निर्मला कोइरालाले मिटरब्याजपीडित र लघुवित्तपीडितले भोग्नुपरेको समस्यामाथि सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो ।
सांसद निशा डाँगीले हवाई यातायात असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रतिमा गौतमले काठमाडौँको तीनकुने क्षेत्रको जग्गा अधिग्रहण गर्दा जग्गाधनीलाई सरकारले हालसम्म मुआब्जा वितरण नगरेको बताउनुभयो । सांसद प्रतीक्षा तिवारीले शून्य समय एक मिनेटबाट बढाएर तीन मिनेट बनाउन माग गर्नुभयो ।
सांसद प्रदीप यादवले केही इन्टरनेट सेवा प्रदायक कम्पनीले टिकटक बन्द गर्ने सरकारको निर्णय नमानेको विषय संसद्मा उठाउनुभयो । सांसद बद्रीप्रसाद पाण्डेले वर्षान्तको खर्च र असारे विकास रोकिनुपर्ने बताउनुभयो । सांसद बलराम अधिकारीले वाणगङ्गा सिँचाइ आयोजनालाई केन्द्र सरकार मातहत ल्याउन माग गर्नुभयो । सांसद वासुदेव घिमिरेले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिताबारे प्रश्न उठाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा