
कैलाली। कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ ।
चार वर्षअघि हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार सो अस्पताल निर्माण गरिन लागेको हो । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागतरु १८ करोड ५२ लाख रहेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिनुभयो ।
उहाँले सकेसम्म मसान्तभित्रै भवन हस्तान्तरण भएर चालु आर्थिक वर्षको असार मसान्तबाट अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताउनुभयो । सो अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । अस्पताल नहुँदा सो गाउँपालिका स्थानीय जनता सामान्य उपचारका लागि धनगढीमा तथा भारतसमेत पुग्ने गरेका छन् ।
चालु आर्थिक वर्षबाट अस्पताल सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति व्यवस्थापनको पहल भइरहेको सूचना अधिकारी कलेलको भनाइ छ । त्यस्तै प्रदेशस्तरमा रहेका जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्यासम्मका बनाउने र अञ्चल अस्पताललाई दुई सय शय्याको जनरल अस्पतालमा स्तारोन्नति गरिने उल्लेख गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा