
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राष्ट्रियसभा अध्यक्षमा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको बताउनुभएको छ । बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राख्नुभएको हो ।
आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषयमा ठोस निर्णय भएको छैन । छलफल चलेको छ ।” पार्टीको बैठकले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुँदैन भनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “औपचारिकरुपमा लिखित निर्णय भएको छैन ।” कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरु आक्रोशित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छौँ पनि ।” नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकले पनि केही चिज नयाँ हामीलाई आवश्यक नभएका कुराहरु उठेको भन्दै उहाँले यस विषयमा छलफल हुने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा