
काठमाडौँ । महाधिवेशन नजिकिँदै गर्दा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा पार्टीको वैचारिक तथा सैद्धान्तिक कार्यदिशाबारे बहस भइरहेको छ ।
एकीकृत समाजवादीको १० औँ महाधिवेशन आगामी जेठ ३ गतेदेखि ७ सम्म काठमाडौँ हुँदैछ । एकीकृत समाजवादीले महाधिवेशन भव्य रुपमा सफल पार्न जनवर्गीय संगठनसहित पार्टीका सबै निकायलाई पछिल्लो समय त्यसमै केन्द्रित गरेको छ ।
महाधिवेशनमा प्रस्तुत हुने गरी पार्टीको मार्गदर्शन सिद्धान्त तयार पार्न एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोकत्वमा २७ सदस्यीय दस्तावेज मस्यौदा समिति थियो । केन्द्रीय सचिवालयका सबै सदस्य र सात प्रदेशका इन्चार्जलाई समावेश गरिएको समिति बनेसँगै एकीकृत समाजवादीमा वैचारिक तथा सैद्धान्तिक कार्यदिशाबारे गहन रुपमा छलफल हुन थालेको हो । समितिमा बुधबार पनि पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गर्ने राजनीतिक गतिविधि, कार्ययोजनाबारे छलफल गरिएको छ ।
बाध्यात्मक परिस्थितिका कारण नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीले पार्टीको मार्गदर्शन सिद्धान्त जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) नै बनाउने प्रयत्न गरिरहेको छ । त्यसको लागि अध्यक्ष नेपालसहित केही नेताहरुले जोडबल गरिरहनुभएको स्रोतले बनाएको छ । यद्यपि एमालेमा छँदा नै जबजविरुद्धमा रहनुभएका सम्मानित नेता झलनाथ लगायतका समूहले भने त्यसलाई रोक्ने प्रयास गरिरहेको छ । जबज मार्गबाटै अगाडि बढेर मुलुकमा बलियो राजनीतिक शक्ति बन्न सफल भएको एमालेको अध्यक्ष र मुलुकको प्रधानमन्त्री समेत बनिसक्नुभएका खनालले अब जबजको औचित्य नभएको दाबी गर्दै आउनुभएको छ । अर्का पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपाल भने जबज छोड्दा नेपालमा कम्युनिष्ट आन्दोलन नै समाप्त हुने निश्कर्षसहित प्रस्तुत हुँदै आउनुभएको छ । दुई शीर्ष नेताहरुबीच भइरहेको वैचारिक टकरावको बाबजुद्ध एकीकृत समाजवादीले पार्टीको सिद्धान्तबारे छलफल गर्न थालेको हो ।
अध्यक्ष नेपालको संयोजकत्वमा बसेको बुधबार बैठकमा अधिकांश नेताले जनताको बहुदलीय जनवाद (जबज०)को वैचारिक तथा सैद्धान्तिक कार्यदिशामा जोड दिनुभएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ । प्रवक्ता खतिवडाका अनुसार बैठकमा वर्तमान सङ्कटको वस्तुगत विश्लेषण र समाधानका योजनामा छलफल केन्द्रित गरिएको छ ।
मङ्गलबार बसेको बैठकमा छलफल बाँकी रहेकाले स्थगित भएकामा दस्तावेज तयारीका लागि अहिलेसम्म भएका गतिविधिका साथै विधान सम्मेलनका सुझावलाई कसरी समेट्ने, देशभरबाट सङ्कलन भएका के कस्ता सुझाव समावेश गर्ने ? विषयमा कार्यदिशा लगायत विविध विषयमा नेताहरुले धारणा राख्नुभएको छ। पार्टीले मस्यौदामाथि सुझाव सङ्कलन गर्न त्यो मस्यौदा जिल्ला तहका कार्यकर्तालाई पठाइसकिएको जनाइएको छ । उनीहरूका सुझाव समावेश गरी दस्तावेज तयार गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा