
काठमाडौँ । नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ ।
आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित नेपाली दूतावास र मा गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले लगानीका लागि नेपाल उष्कृष्ट गन्तव्य हो भन्नुभयो । उहाँले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सरकारले नीतिगत सुधार गरेको जानकारी दिँदै सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाली उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभयो ।
गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा लगानीका लागि आफूहरु तयार रहेको बताउनुभयो । उहाँले लगानीको प्रतिफल बिनाझन्झट स्वदेश फिर्ता गर्न थप नीतिगत सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।
दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले लगानी सम्मेलनका विविध पक्षबारे जानकारी दिँदै नेपालमा लगानीको समग्र नीति, कार्यविधि र संरचनागत व्यवस्थासम्बन्धी प्रस्तुति दिनुभएको थियो । उहाँले लगानी बोर्डले अध्ययन गरिरहेका केही सम्भावित परियोजनाका बारेमा जानकारी पनि गराउनुभएको थियो ।
साउदर्न एकेडेमी समूहका प्रमुख कार्यकारी अधिकृत मन केसीले एनआरएनका तर्फबाट नेपालमा लगानीका सम्भाव्य विकल्पका बारेमा उल्लेख गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा