
काठमाडौँ । मुलुकको दुई स्थानमा हुने उपनिर्वाचनमा चैत २४ गते उम्मेदवारी दर्ता गरिने भएको छ ।
इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उपचुनावमा आउने चैत २४ उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारको चैत २७ गते अन्तिम नामावली प्रकाशन गरेर त्यही दिन निर्वाचन चिन्ह प्रदान गरिनेछ । उपनिर्वचनमा चैत २८ देखि वैशाख १२ गतेसम्म चुनाव प्रसार प्रसारको अवधि तोकिएको छ । वैशाख १५ गते मा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।
प्रतिनिधिसभा सदस्य रिक्त रहेको इलाम २ र प्रदेशभा खाली रहेको बझाङमा आयोगले आइतबार वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । त्यसको भोलि पल्टै सोमबार उम्मेदवारी दर्ताको मिति तोकिएको हो । आयोगले उपनिर्वाचनमा सहभागी हुने पार्टीको लागि फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा