
काठमाडौँ । प्रतिनिधिसभा सदस्य रिक्त इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले इलाम २ बझाङ प्रदेशसभा १ मा २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको छ । आयोगले सरकारको परामर्शमा उपनिर्वाचनको मिति तोकिएको जनाएको छ ।
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ सांसदविहीन छ । त्यस क्षेत्रबाट धेरै पटक निर्वाचित हुनुभएका नेम्वाङको भदौ २६ गते निधन भएको थियो ।
त्यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा पनि वैशाख १५ गते नै उपचुनाव हुनेभएको छ । त्यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २०८० साल असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा