
मुगु । कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डमा हिउँ पन्छाएपछि अवरुद्ध यातायात पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाको टोलीले सो सडकखण्डको बुलबुले, सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सञ्चालन गरेको हो ।
मङ्गलबार, बुधबार र बिहीबार हिउँ पर्दा यो खण्ड अवरुद्ध बनेको थियो । बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालन गरेको सुपरभाइजर जग्गी विकले जानकारी दिनुभयो । उहाँका अनुसार झाड्नौलादेखि सातमोड, सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ ।
हिउँद र वर्षाका समयमा दुई÷तीन महिना अवरुद्ध हुने यो सडक दुई वर्षयता सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडकका कर्मचारी तैनाथी राखी तुरुन्तै हिउँ, पहिरो र अन्य अवरोध हटाउनाले एक÷दुई दिनभन्दा बढी अवरुद्ध हुने गरेको छैन ।
प्रमुख पर्यटकीय गन्तव्य नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको स्थलमार्गको सडक पनि यही सडक भएकाले यातायात साधनले यो खण्ड सधैँ व्यस्त हुने गर्दछ । यो खण्ड व्यस्त र पर्यटकीय मार्ग रहेकाले सिन्जा, चन्दननाथ हुँदै रारा आउने पर्यटकले सडक अवरुद्धकै कारण सास्ती नपाओस् भनेर सडक विस्तार र स्तरोन्नतिमा सडक डिभिजन कार्यालय लागेको सुपरभाइजर विकले बताउनुभयो । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक ९३ किमी दूरी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा