
काठमाडौँ । पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, थाइल्याण्ड, जापान, संयुक्तराज्य अमेरिका लगायत देशका करिब एक सय २५ चिकित्सक सहभागी हुनुहुन्छ ।
सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी सङ्घ नेपालका अध्यक्ष एवं सम्मेलन आयोजक समितिका संयोजक प्रा डा मुकुन्दराज जोशीले सम्मेलनमा पेट तथा आन्द्रासम्बन्धी रोगका विषयमा प्राप्त नवीन ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभएको छ । उहाँले वंशाणुगतसहित खानपान र वातावरण परिवर्तनका कारण पेटसम्बन्धी रोगको समस्या देखिने गरेको जानकारी दिँदै खानामा लापरवाही र सन्तुलित आहारका कारण अन्य रोगका तुलनामा पेटसम्बन्धी रोगबाट अत्यधिक मानिस प्रभावित हुने गरेको जानकारी दिनुभयो ।
सम्मेलनमा पेट तथा आन्द्रा रोगको पहिचानसम्बन्धी विशिष्टीकृत उपकरण र प्रविधि, शल्यक्रिया विधि, उपचार पद्धतिलगायतका विषयमा विस्तृत छलफल हुने प्रा डा महेश खकुरेलले बताउनुभयो । विदेशका समेत गरी करिब एक सय चिकित्सकले एकल एवं संयुक्त रूपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सम्मेलन शनिबारसम्म चल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा