
काठमाडौँ । सिंहदरबारतर्फ अघि बढेको न्याय मार्चमा सहभागी मिटरब्याज पीडितलाई प्रहरीले रोकेको छ । २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले आज थानकोटदेखि सिंहदरबारतर्फ अघि बढेका थिए । उनीहरु राष्ट्रियसभागृह नजिकै सडकमा आइपुगेपछि प्रहरीले अगाडि बढ्नबाट रोकेको हो ।
प्रहरीले अगाडि जान नदिएपछि पीडितहरुले सडकमै धर्ना दिएका छन् । खाना नखाएका पीडित भोकभोकै सडकमा नाराबाजी गरिरहेका छन् । उनीहरुले सरकार विरुद्ध नाराबाजी गरिरहेका छन् । प्रहरीले प्रदर्शन रोकेर ज्यादती गरेको भन्दै गृहमन्त्री विरुद्ध पनि नाराबाजी गरेका छन् ।
सरकारले न्याय नदिएसम्म धर्ना दिएर बस्ने पीडितहरुको योजना छ । संघीय राजधानी काठमाडौं आएर आफ्नो आवाज सुनाउने योजनासहित मिटरब्याजपीडितले माघ १६ गते झापा र कञ्चनपुरबाट एकैसाथ न्यायमार्च शुरु गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा