
काठमाडौँ। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भो बाँकी भागमा मौसम सफा रहनेछ । काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौँसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा भएको छ । आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने पनि महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने र देशका बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटफुटदेखि वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । बिहीबार काठमाडौँमा तीन दशमलव छ मिलीमिटर वर्षा भएको छ । पोखरामा सात दशमलव पाँच, घोराहीमा पाँच दशमलव आठ, दिपायल र डडेलधुरामा समान तीन मिलीमिटर वर्षा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा