
काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दर्ता भएको छ ।
उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी आज पुनरावेदन मुद्दा दर्ता भएको हो । लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ को सुविधा दिइएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले क्रिकेट खेलाडी लामिछानेलाई गत पुस २५ गते आठ वर्ष कैद, रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति निर्धारण गरेको थियो । गत पुस १३ गते गौशाला–२६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने उक्त अदालतले निर्णय गरेको थियो ।
लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि उनलाई गत वर्ष असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा