
बारा। जितपुर सिमरा–२१ स्थित अदाभारमा बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनमा ३ जना घाइते भएका छन् ।
बुधबार हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बलेरो र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एकापसमा ठोक्किएका हो ।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्य भएको प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिनुभएको छ। महतोका अनुसार दुर्घटनामा ३ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ। मृतक तथा घाइतेको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा