
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकास्थित सितापाइलामा एक पुरुषले श्रीमती र दुई छोरीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएका राजु घिमिरे (सुनार)ले श्रीमति ३८ वर्षीया ईश्वरी श्रेष्ठ, र छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ तथा साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्यापछि आत्म हत्या गरेका हुन् । सोलखुम्बुको दूधकुण्ड घर भई सीतापाइलामा बस्दै आएका राजु नागार्जुन जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । घटनाबारे विशेष तवरले अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभएको छ।
स्थानीयका अनुसार सितापाइलामा डेरा गरी बस्ने उनीहरु दैनिक ज्यालादारीमा गुजारा चलाउने आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा