
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराही-तुलसीपुर सडक खण्डमा शनिबारदबाबमूलक यात्रा गरेको छ ।
पाँच वर्षअघि निर्माण शुरु भएर हाल अलपत्र अवस्थामा रहेको २३ किलोमिटर लामो घोराही-तुलसीपुरको सडकखण्डमा पूर्वशिक्षा मन्त्री शिशिर खनालको नेतृत्वमा शनिबार रास्वपाले दबाब यात्रा गरेको हो । रास्वपाले दबाब यात्राका लागि तय गरेको २१ रुग्ण आयोजनामध्ये यो सडक पनि एक हो ।
तुलसीपुरको बीपी चोकमा यात्रा समापन गर्दै पूर्वमन्त्री तथा सांसद शिशिर खनालले वर्षौं सडक अलपत्र पारेर नागरिकलाई दुःख दिने काम भएको भन्दै दबाब मुलक यात्रा गर्नुपरेको बताउनुभयो ।
रास्वपाका नेता एवं विकास योजना तथा नीति तर्जुमा केन्द्रीय विभागका सचिव विशाल अधिकारीले आफूहरुको पटकपटकको दबाबले ठेक्का रद्द भए पनि नयाँ ठेक्का प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयो । उहाँले तत्काल नयाँ ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिन यात्रा गरेको बताउनुभयो ।
घोराहीदेखि शुरु भएको दबाब यात्रामा रास्वपाका नेता कार्यकर्ता सहभागी थिए ।
०७५ सालमा सुरु भएको घोराही-तुलसीपुर चारलेन सडक विस्तारको जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको थियो ।
पाँच वर्षदेखि सडक निर्माणाधिन अवस्थामा अलपत्र पारेपछि गत जेठमा ठेक्का रद्द गरेर नयाँ प्रक्रिया बढाइएको थियो । तर हालसम्म उक्त सडकको ठेक्का लागेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा