
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले सामाजिक न्यायमा आधारित परराष्ट्र नीतिको पक्षमा दृढ रहेको बताउनुभएको छ।
एमाले अध्यक्ष ओलीले पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्द्वारा शुक्रबार आयोजित कार्यक्रममा परराष्ट्र नीति राष्ट्रिय हित, पारस्पारिक लाभ र सम्मानयुक्त हुनुपर्ने तर्क गर्नुभयो । ‘हामी प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो। हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ’ उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले नेपालमा समाजवाद स्थापनाका लागि एमालेले ‘समृद्ध नेपालः सुखी नेपाली’ को अवधारणा अघि सारेको प्रष्ट्याउनुभयो । ‘हामी प्रतिवद्ध छौंँ, समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नका लागि’ उहाँले भन्नुभयो – ‘समृद्ध नेपालः खुशी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो । गरिबी विरुद्धको लडाईँमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो ।’
एमाले ओलीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझै घनिभूत बनाएर लैजानुपर्नेमा जोड दिनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा