
मोरङ । बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई छिमेकीले बोक्सीको आरोपमा यातना दिएर मलमूत्र खुवाएका छन् ।
५५ वर्षीय महिलालाई छिमेकीले बोक्सी आरोप लगाउँदै बिहीबार दिउँसो यातना दिंदै मलमूत्र खुवाएका हुन्। बोक्सीको आरोपमा मलमूत्र खुवाउनेलाई प्रहरीले पक्राउ गरेको छ । बोक्सीको आरोपमा मलमूत्र खुवाउने बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी हुन् । प्रहरीका अनुसार माझी गाउँकी धामी हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ। डिएसपी दाहालका अनुसार बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेरेर खोज्ने क्रममा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरेकी हुन् ।
प्रहरीले पीडितले दिएको किटानी जाहेरीका आधारमा माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा