
काठमाडौँ । ललितपुरको इमाडोलमा छोराछोरीको हत्यापछि घरको ३ तलाबाट हामफालेर आत्महत्या गरेकी रविना महर्जनको ‘सुसाइड नोट’ भेटिएको छ । गत शनिबार महालक्ष्मी नागरपालिका–३ इमाडोल स्थित ओचुहाइटमा दुई नाबालकको हत्या गरेर ३६ वर्षीया रविना महर्जनले आफ्नो घरको तेस्रो तलाबाट हामफालेकी थिइन् ।
६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवालाई रविनाले हत्या गरेपछि आत्महत्या रोजेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविनाले छाडेको सुसाइड नोटमा लेखिएको छ– ‘बच्चाहरुले दुःख पाउने भए भनेर सँगै लिएर गएँ ।’ आफ्ना श्रीमान र दिदीलाई प्रमाणको रुपमा म्यासेन्जरमा सुसाइड नोट पठाएको रविनाले उल्लेख गरेकी छन् ।’
घटनास्थलमा सुसाइड नोट फेला परेको ललितपुर प्रहरीले पुष्टि गरेको छ । प्रहरी स्रोतले भन्यो, ‘नोट फेला परेको छ, त्यसबारे हामी अनुसन्धान गर्दैछौं ।’
एक पेज लामो नोटमा रविनाले आफूले एक्लै संसार छाड्न नसेकेको उल्लेख गर्दै भनेकी छिन्– ‘कसैसँग गुनासो र दोष छैन । मैले स्वनिर्णय गरेको हुँ ।’ रविनाले थप लेखेकी छन्– ‘जिन्दगी सोचेजस्तो भएन ।’
यो पनि...
तकियाले मुख थुनेर छोराछोरीको हत्या गरेपछि आमाले गरिन् आत्महत्या
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा