
मकवानपुर । बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ ।
केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र बागमती प्रदेशको काभ्रेपलाञ्चोक, ललितपुर, चितवन, मकवानपुर र धादिङका ३० हजारभन्दा बढी किसानलाई सुपथ मूल्यमा भुराहरु उपलब्ध गराएको केन्द्रका सूचना अधिकारी बलराम आचार्यले जानकारी दिनुभयो ।
सो केन्द्रमा हाल ४२ वटा पोखरीमध्ये ३३ वटामा माछापालन भइरहेको केन्द्रका प्रमुख सरोजकुमार यादवले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा केन्द्रबाट भूराबाहेक हाल १८ मेट्रिक टन माछा उत्पादनको लक्ष्य लिइएको छ भने हालसम्म तीन मेट्रिक टन माछा बिक्री वितरण भइसकेको छ ।
विसं २०२४ मा हेटौडा–५ पिप्लेमा वृहत्त मत्स्य विकास केन्द्रको स्थापना भइ २०२५ सालदेखि माछापालन सुरु गरिएको थियो । सो केन्द्र हेटौँडा बजारबाट पाँच किलोमिटर पूर्वमा पर्छ । हाल केन्द्रमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा