
दाङ । दाङको घोराहीमा एक जना प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ । घोराही –१५ दामोदार चोक नजिक बिहिबार साँझ नेपालगञ्जमा कार्यरत प्रहरी जवान यमबहादुर झाँक्रीले ‘डिउटी’मा रहेकी धनमाया थापामगरलाई गोली प्रहार गरेका थिए । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।
गोली लागेर ज्यान गुमाएकी थापामगर वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत हुनुहुन्थ्यो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार घटनास्थलमा तीन राउण्ड गोली चलेको थियो । महिला प्रहरीमाथि गोली चलाउने झाँक्रीलाई लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा