
काठमाडौँ । बहुचर्चित ललिता निवासको जग्गा अनियमितता प्रकरण मुद्दाको फैसला भोलि बिहीबार हुने भएको छ । विशेष अदालत जग्गा अनियमितता प्रकरणले बिहीबार सुनाउने तयारी गरेको छ ।
अदालतले ललिता निवास प्रकरणमा बुधबार नै फैसला सुनाउने तयारी गरेको थियो । तर अबेर भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर फैसला बिहीबार सुनाउने योजना बनाइएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले फैसला बिहीबार हुने जानकारी दिनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, त्यसबेलाका उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा सुनुवाइ भने सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा