
पाल्पा । परिवार तथा आफन्तको सहारा नपाएर धेरै बेवारिसे बन्न पुगेका छन् । सहाराविहीन व्यक्तिलाई आफ्ना आमाबुबा, आफन्त तथा घरपरिवारको अभिभाकत्वको खाँचो छ ।
विभिन्न समस्याबाट अलपत्र अवस्थामा परेका व्यक्तिलाई पाल्पाको एक सामाजिक संस्थाले भने अभिभावकत्व भूमिका बहन गरेको छ । परिवारका सदस्यको हेरचाह, माया एवं अलपत्र परेका बालबालिका, बेसाहारा तथा मानसिक सन्तुलन गुमाएका परिवारलाई पाल्पाको अभियान नेपाल संस्थाले संरक्षण तथा रेखदेख गर्दै आइरहेको छ ।
अभियान नेपालले सिलोम आवासीय बालगृह र नवजीवन मानसिक पुनःस्थापना केन्द्र सञ्चालन गरी बेसाहारा बनेका व्यक्तिलाई अभिभावकत्व भूमिका निर्वाह गरेको छ । यस संस्थाले २१ वर्षदेखि आवासीय बालगृह र ११ वर्षदेखि मानसिक पुनःस्थापना केन्द्र सञ्चालन गरी बेसाहाराका लागि नयाँ जीवन प्रदान गरिरहेको छ ।
लामो समयदेखि बेसाहारा अवस्थामा रहेका बालबालिकालाई पालनपोषण, रेखदेख, विद्यालय तथा क्याम्पस तहसम्मको शिक्षा एवं स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ । अस्पतालमा बेवारिसे अवस्थामा बिरामी भएका तथा मानसिक अवस्था गुमाएका, सडक क्षेत्रमा घुमफिर गर्ने जस्ता व्यक्तिलाई मिसन अस्पतालमा उपचार गरी, पुनःस्थापना केन्द्रमा स्थानान्तरण गरेर, साधारण रुपमा मानवीय जीवनमा फर्काउने गरिएको संस्थाका अध्यक्ष पुननारायण श्रेष्ठले बताउनुभयो ।
‘बेवारिसे अवस्थामा धेरै व्यक्ति भेटिन्छन्, यसरी बेवारिसे रुपमा भेटिएका व्यक्ति मानसिक सन्तुलन गुुमाएका, कोही बिरामी, अशक्त, आफन्तको सम्पर्कमा नरहेका हुन्छन्’ उहाँले भन्नुभयो– ‘उनीहरुलाई उपचार गरी सामान्य अवस्थामा फर्किएपछि घरपरिवार, आफन्तको सम्पर्कमा लगाइएको छ ।’
अहिले सिलोम आवासीय बालगृहमा २४ बालबालिकामध्ये २२ विद्यालय जाने र दुई जना पूर्ण अपाङ्गता भएका बालिका छन् । मानसिक पुनःस्थापना केन्द्रमा नौ व्यक्ति रहेका छन् । पुनःस्थापना केन्द्रबाट हालसम्म ३९ जनालाई उद्धार गरिएको संस्थाले जनाएको छ ।
उद्धार गरिएकामध्ये तीन भारतीय नागरिक र दुुई नेपाली नागरिकलाई परिवारको जिम्मा लगाइएको छ । दुई जनालाई बुटवल मानव सेवा आश्रममा पठाइएको, तीन जना पुनःस्थापना केन्द्रबाटै आफैँ भागेर बेपत्ता भएका र तीन जनाको मृत्यु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
बालगृह र पुनःस्थापना केन्द्रमा रहेका व्यक्तिको मिसन अस्पताल तानसेनबाट मासिक रुपमा स्वास्थ्य जाँच हुुँदै आएको छ । गत आवमा बालगृहमा ३३ लाख ९७ हजार ६ सय ३८ रुपैयाँ र पुनःस्थापना केन्द्रमा २७ लाख ८८ हजार ७ सय ५ रुपैयाँ खर्च भएको छ ।
पुनःस्थापना केन्द्रमा रहेका व्यक्तिले आफैँ उत्पादन गरी दुध र तरकारी बिक्रीबाट ५ लाख ४३ हजार २ सय २० रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । केन्द्रमा अन्य रकम स्वदेश तथा विदेशी व्यक्ति एवं सङ्घ संस्थाबाट आएको सहयोगबाट खर्च व्यवस्थापन हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै