
झापा । दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने एक व्यक्ति शिशु हत्या आरोपमा पक्राउ परेका छन् । शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्दै आएका ५० वर्षीय पञ्जवीर घिसिङ शिशु हत्या आरोपमा पक्राउ परेका हुन् ।
घिसिङलाई उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको शिशु एरित ओलीको हत्या आरोपमा पक्राउ गरिएको झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभएको छ ।
प्रहरी प्रमुख रेग्मीका अनुसार एरित धेरै रोएको भन्दै घिसिङले झापड हानेका थिए । एरित त्यसपछि पनि नछाडेको कारण घिसिङले उनलाई पछारे । घिसिङले पछारेपछि एरित घाइते भए । त्यसपछि शिशुलाई तत्काल उद्दार गरेर दमक अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शिशुलाई किओच बाल अस्पताल दमक लगिएको थियो । तर उपचारका क्रममा शिशुको मृत्यु भयो । शिशुको मृत्यु भएपछि प्रहरीले घिसिङलाई पक्राउ गरेको हो ।
घटना भएको बेला घिसिङले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । प्रह।रीका अनुसार घटना अनुसन्धान तथा सोधपुछका लागि शिशुकी आमालाई समेत नियन्त्रणमा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा