
नवलपरासी । सुस्ता गाउँपालिकामा ११ वर्षीय नाती र हजुरबुवा मृत अवस्थामा भेटिएका छन् ।
गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षीय गौचरण चमार मृत भेटिएका हुन् । उनीहरु आफू बस्दै आएको घर नजिकै मंगलबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान ६ बजे तिर स्थानीयले नाति र हजुरबुवा दुवैलाई मृत अवस्थामा देखेपछि खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा तालिम प्राप्त कुकुर समेत परिचालन गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। घटना शङ्कास्पद देखिएको प्रहरीको भनाई छ ।
उनीहरु चार, पाँच वर्षदेखि नारायणी नदीको ५ नम्बर ठोकरबाट पाँच सय मिटरको दूरीमा रहेको कच्ची छाप्रोमा बसोबास गरी खेती गर्दै आइरहेका थिए । वृद्धका छोरा, बुहारी, दुई नाति र एक नातिनी रहेकामा मृतक नातिलाई हजुरबुवासँगै छाडेर बुहारी डेढ महिनादेखि आफ्नो माइती भारत गएको बताइएको छ । मृतकका छोरा रोजगारीको सिलसिलामा अन्यत्र गएपछि बुहारी माइत गएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा