
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताउनुभएको छ।
राष्ट्रपतिले गार्गी कन्या गुरुकुलद्वारा मंगलबार आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभएको हो ।
राष्ट्रपतिले कन्यालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। ‘समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनुपर्छ’ उहाँले भन्नुभयो।
देशमा रहेका गुरुकुलमा कन्यालाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसबाट उनीहरुलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष भएको राष्ट्रपति को भनाई छ । उहाँंले ऋषिमुनि र तपस्वीको आदर्शको अनुशरण गर्दै देवघाटधाममा सन्त महात्माले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताउनुभयो।
‘गुरुकुलबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ’ राष्ट्रपतिले भन्नुभयो । विश्वको सबैभन्दा प्राचीन ग्रन्थ र आध्यात्मिक ज्ञान, विज्ञानको मूल वेदलाई मानिएको उल्लेख गर्दै उहाँले नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको बताउनुभयो।
राष्ट्रपतिले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गर्नुभयो।
समारोहमा बागमती प्रदेशका पर्यटनमन्त्री पुकार महर्जनले वैदिक सनातन संस्कृतिसँग जोडिएको गार्गी गुरुकुल विद्याश्रमको विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले गार्गी गुरुकुलको विकासका लागि प्रदेश सरकारले ४५ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिनुभयो । महायज्ञका लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने उहाँले बताउनुभयो।
भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले कन्यालाई नैतिकवान र योग्य नागरिक बनाउनका लागि गार्गी गुरुकुलबाट सहयोग पुग्ने बताउनुभयो। उहाँले गार्गी कन्या गुरुकुलको विकासका लागि भरतपुर महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो।
महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक डा गोविन्द टण्डनले नारीलाई आध्यात्मिक चेतना जागृत गराउने उद्देश्यले २०७५ सालमा गार्गी कन्या गुरुकुल विद्याश्रम स्थापना गरिएको जानकारी दिनुभयो। मंगलबारदेखि शुरु भएको श्रीमद् भागवतमहायज्ञ फागुन ९ गतेसम्म चल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै