
काठमाडौँ । विश्व पुस्तक मेलामा नेपाली कविता ’‘टुङ्ना’ र ‘प्रतीक’ विमोचन भएको छ ।
भारतको राजधानी दिल्लीमा आयोजना भइरहेको विश्व पुस्तक मेला २०२४ को दोस्रो दिन सोमबार नेपाली कवि अमर आकाशको पहिलो कविता सङ्ग्रह ‘टुङ्ना’ र ‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषाङ्क विमोचन गरिएको हो ।
त्यस अवसरमा कवि तथा अनुवादक युयुत्सु आरडी शर्माले आफूले अङ्ग्रेजीमा उल्था गरेको कवि आकाशको ‘टुङ्ना’ शीर्षकको कविता स्वयंले नै पढेर सुनाउनुभएको थियो । मनोज कृष्ण, मन्दिरा घोष, उषा मुजु मुन्सी, रचना जोशी, सन्जुला शर्मा, पुनम सुरी, रुम्की वसु, स्वाती राम्बल शर्मा, प्रियशा मोहन्ती, इभाल भारतीसहित कविले पनि नेपाली, तमिल, हिन्दी, अङ्ग्रेजी लगायत भाषामा कविता वाचन गर्नुभएको थियो ।
ह्वाइट लोटस बुक सप, कुपन्डोल ललितपुरका प्रमुख सिर्जना भण्डारीले यस्ता कार्यक्रमले अलग मुलुकबीच सांस्कृतिक आदानप्रदानका साथै भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने र कविहरूलाई विश्वभर परिचित गराउने बताउनुभयो । कार्यक्रममा ओडिया कवि तथा पूर्वराजदूत अमरेन्द्र खटुआ, कवि तथा इतिहासकार राधा चक्रवर्ती लगायत भारतीय कविको सहभागिता थियो । शनिबारदेखि शुरु भएको पुस्तक मेला फागुन ६ गतेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा