
सिरहा । सिरहाको मिर्चैया नगरपालिका आज मध्याह्न १२ बजेतिर केही उच्छृङ्खल व्यक्तिबाट कार्यालयमा तोडफोड भएको छ ।
नगर प्रमुख श्रवण यादवले घटनाको घोर भत्र्सना गर्दै कारबाहीका लागि स्थानीय प्रशासनसमक्ष माग गर्नुभएको छ । “मिर्चैया नगरपालिका–३ का वडाध्यक्ष पवित्रीदेवी यादवको पति खगेश्वर गोहीवार यादवसहित करिब ३०/४० जनाको समूहमा आएको उच्छृङ्खल व्यक्तिले अन्धाधुन्ध ढुङ्गामुढा गर्न थालेपछि यस कार्यालयको झ्याल, ढोका, सिसीटिभी क्यामेरा, कम्प्युटर, मोटरसाइकललगायत महत्वपूर्ण सामग्री नष्ट भएको छ,” नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कुनै किसिमको माग नै नराखी यस नगरपालिकाभन्दा बाहिरको व्यक्तिलाई समेत सहभागी गराई आतङ्ककारी शैलीमा कर्मचारीलाई कुटपिट गर्ने मनसायले आक्रमण गरिएको नगरप्रमुख यादवले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा