
काठमाडौँ । नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ ।
आइतबार दिउँसो करिब २ बजे सडक डिभिजन प्रमुख नारायणदत्त भण्डारीको सरकारी निवासमा आगलागी भएको हो ।
आगलागीबाट ल्यापटप, सरकारी कागजात, व्यक्तिगत कागजात र केही रकम जलेको भण्डारीले जानकारी दिए । विद्युत सर्ट भएर शुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिकाको बारुणयन्त्रको सहयोगमा निभाइएको थियो ।
आगालागीबाट क्यान्टिनको भान्छा र खाजा खाने ठाउँको रुपमा प्रयोग हुने अस्थायी टहरामा क्षति पुगेको छ ।आगलागी नियन्त्रण गर्न अस्थायी टहरा भत्काएर दमकलको प्रयोग भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा