
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बाँसबारी जग्गा प्रकरणमा व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन ? भन्ने प्रश्न गर्नुभएको छ ।
रास्वपा सभापति लामिछानेले आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा श्रेष्ठप्रति यस्तो प्रश्न गर्नुभएको हो । बैठकमा गृहमन्त्री श्रेष्ठसहित गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई समेत बोलाइएको थियो ।
सभापति लामिछानेले बैठकमा बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकै बराबर शेयर भएका विनोद चौधरीसँग बयान लिइयो कि लिइएन ? भनेर गृहमन्त्रीलाई प्रश्न गर्नुभएको हो । ‘अरुण चौधरीकै जति सेयर भएका सत्तारुढ दलका सांसद विनोद चौधरीलाई अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला बयान लिइयो कि लिइएन ? बैठकमा उहाँले भन्नुभयो ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा तत्कालिन च्याम्पियन फुटवेयर कम्पनी मातहत ल्याइएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानविन गरिरहेको छ । सीआईबीले अनुसन्धानका क्रममा च्याम्पियन फुटवेयरमा अरुण चौधरीसँगै विनोद चौधरीको पनि शेयर भएको प्रमाण फेला पारेको छ ।
गृहमन्त्री श्रेष्ठले बैठकमा सभापति लामिछानेको प्रश्नप्रति जवाफ दिँदै बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा जो जो सँग बुझ्नुपर्छ सबैलाई अनुसन्धानको दायरामा ल्याइने बताउनुभयो । ‘अनुसन्धानको प्रक्रियामा जो जोलाई लिखत गर्न, बुझ्न ल्याउनुपर्छ ती सबैलाई ल्याउँछौं’ बैठकमा गृहमज्त्री श्रेष्ठले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा