
मोरङ। कोशीमा प्रदेश नामाकरणविरुद्धको आन्दोलन रोकिने भएको छ । प्रदेश सरकारले खटाएको वार्ता टोली र आन्दोलनकारीबीच भएको सहमतिपछि प्रदर्शन रोकिने वातावरण बनेको हो ।
सरकार र प्रदेश नामाकरणविरुछ आन्दोलनरत समूहबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । दुई पक्षबीचको सहमतिको पहिलो बुँदामै प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने उल्लेख गरिएको छ ।
दोस्रो बुँदामा आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने सहमति भएको छ । सहमतिको तेस्रो बुँदामा पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने उल्लेख गरिएको छ ।
सरकारी वार्ता टोली र आन्दोलनकारीबीच पहिचानको प्रर्दशनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने र अर्को वार्ता १० फागुन भन्दा अगाडि बस्ने सहमति भएको छ । वार्ता टोलीले आन्दोलनकारीसँगको गरिएको ५ बुँदे सहमति पत्र मुख्यमन्त्री केदार कार्कीलाई बुझाएको छ ।
शुक्रबारको सहमतिपछि भने पहिचान पक्षधरले बहिष्कारको आन्दोलन नगर्ने भएका छन् । जसलाई आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण तरिकाले प्रस्तुत हुने भाषा सहमतिमा उल्लेख गरिएको छ । मुख्य सहमतिका रुपमा भने प्रदेशको नाम परिवर्तन गर्न दुवै पक्षले पहलकदमी अगाडि बढाउने भएका छन् ।
सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जवेगुले संवैधानिक प्रक्रिया अनुसार प्रदेशको नाम परिवर्तन गर्ने पहल गरिने जानकारी दिनुभएको छ । मन्त्री जवेगुले आन्दोलनकारीसँगको सहमतिपछि प्रदेशमा शान्तिको वातावरण बनेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा