
काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको बलमिच्चाइयुक्त निर्णय रोक्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाको पक्षमा आदेश दिएको छ ।
सर्वोच्चले बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध अल्पकालीन आदेश दिएको हो । स्वास्थ्यमन्त्री बस्नेतको चाहना अनुसार मन्त्रिपरिषद्ले माघ ९ गते बसौलालाई कार्यकारी निर्देशकबाट पदमुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयविरुद्ध बसौलाले माघ २५ गते सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । सर्वोच्चले शुक्रबार रिट सुनुवाइ गर्दै सर्वोच्चले बसौलाको पक्षमा आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा अन्तरिम जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाइएको छ । सर्वोच्चको आदेशसँगै स्वास्थ्यमन्त्री बस्नेतको बलमिच्चाइ रोकिएको छ । डा बसौला पुनः बोर्डमा फकिने बाटो खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा