
हेटौँडा । बागमती प्रदेशका औद्योगिक क्षेत्रमा सुधार ल्याइने भएको छ ।
प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उद्योगको विकासका लागि औद्योगिक क्षेत्रमा सुधार ल्याइने बताउनुभएको छ । शुक्रबार हेटौँडामा आयोजित बागमती उद्योग परिसङ्घको अन्तक्र्रिया कार्यक्रममा उहाँले बन्द उद्योगलाई सञ्चालनमा ल्याइने बताउनुभयो ।
मन्त्री चित्रकारले बन्द उद्योगलाई सञ्चालन गर्ने, नयाँलाई निर्बाधरुपमा सञ्चालनको वातावरण बनाउनेलगायत कार्य गर्दै सरकार गरिरहेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रलाई थप सुदृढ बनाउन कमजोर निर्णयलाई सच्चाउँदै वैध मुद्दामा काम गर्ने बताउनुभयो । यस क्षेत्रमा रहेको दृष्टिकोणमा सुधार ल्याउन जरुरी रहेको उहाँको भनाई छ ।
कार्यक्रममा परिसङ्घका अध्यक्ष लेखराज पोखरेलले प्रादेशिक नीति तथा कानुनमा संशोधन गर्नुपर्ने, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने, प्रदेश मन्त्रालयले आफैँले निर्णय गरी संशोधन गर्नसक्ने, सार्वजनिक निजी साझेदारीलगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाँले उद्योग सञ्चालनमा प्रदेश सरकारले स्पष्ट रुपमा जारी गरी कार्यान्वयन गर्नुपर्ने, राज्यले लगाएको दोहोरो कर हटाउनुपर्ने, श्रमिकलाई महँगीको अनुपातमा बाँच्न सकिने गरी तलबभत्ताको व्यवस्था गरिनुपर्नेलगायत माग गर्नुभयो ।
कार्यक्रममा सहभागीले स्थानीयमा औद्योगिक कपडाको व्यवस्था, उद्यमीलाई विभिन्न कारण जेल हाल्ने कानुन खारेज, उद्योगको तथ्याङ्ककोे अनुसन्धान तथा विकासलगायत विषयमा छलफल गरेका थिए । उद्योग प्ररिसङ्घका अध्यक्ष पोखरेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा