
पर्सा। औद्योगिक प्रतिष्ठानलाई नापतौलको इजाजतपत्र प्रदान गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको ६ महिनामा ७ सय ६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लगि नयाँ इजाजतपत्र प्रदान गरेको हो ।
कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई साउनदेखि पुस महिनासम्ममा इजाजतपत्र प्रदान गरिएको हो ।पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले छ महिनाका अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, २ हजार ५ सय १६ व्यवसायीको नापतौल यन्त्रको जाँच तथा नापतौलमा अनियमितता एवं ठगी गर्ने ७ सय ८६ व्यवसायीलाई कारबाहीसमेत गरेको छ । कार्यालय प्रमुख मनिषकुमार दासले सो अवधिमा एक सय ५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, चार सय ८६ वटा पम्पको ‘नोजल ’जाँच तथा ६६ वेव्रिजको जाँच गरिएको बताइएको छ ।
त्यसअवधिमा २ सय ८८ ट्याङ्करको हेटाँैडामा जाँच समेत गरिएको थियो । त्यो अवधिमा कार्यालयका कर्मचारीहरुबाट विभिन्न बजारक्षेत्रको १० स्थानमा डोर सञ्चालन, एकल अनुगमन २० पटक तथा नौपटक संयुक्त अनुगमन समेत भएको थियो । यस कार्यबाट ७३ लाख ७ हजार८ सय ५९ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सञ्जीव ठाकुरले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा