
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति पदका लागि आवेदन खुलेको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा सकिँदैछ । त्यसैले दुवै विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज एकै दिन सार्वजनिक सूचना जारी गरी इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको छ ।
दुवै विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले १० दिन छ । आवेदन विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा पेश गर्न भनिएको छ ।
शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको छनोट तथा सिफारिस समितिले गत मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि विज्ञापन गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा