
बाँके । नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् । गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ट्राफिक लाइट जडानका लागि निर्माण कम्पनीले आवश्यक सबै काम सम्पन्न गरेर पोलमा बत्ती जडान गर्ने काम सम्पन्न गरिसकेको जानकारी दिनुभयो । उहाँले राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
सडकमा भूमिगत तार तथा पाइप बिछ्याउने काम तथा पोल गाड्ने काम सकाएर खम्बामा बत्ती तथा ‘कन्ट्रोलर’ जडानको काम पनि सकिएको निर्माण कम्पनीका इञ्जिनियर पदम थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– अब केही स्थानमा ‘फिनिसिङ’ गर्नुपर्ने काम सकाएर केही दिनभित्र नेपालगन्जमा ‘ट्राफिक लाइट’ बाल्छौँ ।’
बत्ती जडान गरी सकेपछि चोकचोकमा कम्पनीका स्वयंसेवक बसेर केही दिनसम्म ट्राफिक प्रहरी, सडकमा हिँड्ने सर्वसाधारण, विद्यार्थी तथा सवारीसाधनलाई ट्राफिक लाइटका चिह्न, नियम, सङ्केतका बारेमा सचेतना समेत प्रदान गरिने जनाइएको छ ।
सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखा काठमाडौँसँग ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्स्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुसन काठमाडौँले २०८० साल माघ २१ गतेभित्र काम सम्पन्न गर्नेगरी २०७९ साल पुस महिनामा रु एक करोड ५९ लाख (भ्याटसमेत)मा त्यो कामका लागि ठेक्का सम्झौता गरेको थियो ।
पछिल्लो समय नेपालगन्जमा सवारी साधनको चाप बढेसँगै गएको थियो । यहाँका ट्राफिक व्यवस्थापनलाई ट्राफिक लाइटले दुर्घटना न्यूनीकरण र सहर व्यवस्थापनमा सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हरिकृष्ण सुवेदीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै