
काठमाडौँ । सरकारले केन्द्रीय धनादेश र टिकट व्यवस्थापन तथा ‘फिलाटेलिक’ कार्यालय खारेज गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने, हुलाकको सङ्गठन संरचना परिवर्तन गर्ने र १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
बैठकले विद्युतीय सुशान आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ भने गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका २०८०, स्वीकृत गरेको छ ।
बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी निवासी डा परशुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले सञ्चारकर्मीहरूलाई बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा