
काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रियसभा अध्यक्षबारे छलफल थालेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिँदैछ। नेकपा एमालेबाट एमालेबाट राष्ट्रियसभा अध्यक्ष बन्नुभएका तिमिल्सिनाको कार्यकाल सकिने दिन नजिकिँदै गइरहेपछि सत्ता गठबन्धनले त्यसबारे छलफल थालेको हो ।
राष्ट्रियसभा अध्यक्षबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी बैठकमा राष्ट्रियसभा अध्यक्ष कसलाई बनाउने ? भन्नेबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ । स्रोतका अनुसार राष्ट्रियसभा अध्यक्ष सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलालाई बनाउन चाहेको छ । प्रतिनिधिसभामा ठूलो दलको हैसियतमा रहे पनि कांग्रेस राष्ट्रियसभा भने दोस्रो स्थानमा छ । राष्ट्रियसभामा फागुन २० गतेपछि कांग्रेसको १६ सांसद हुनेछ ।
फागुन २० गतेपछि राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र ठूलो दल बन्नेछ । राष्ट्रियसभामा माओवादी केन्दको १७ सांसद हुनेछन् । राष्ट्रियसभामा अहिले सबै भन्दा ठूलो दलको हैसियतमा रहेको एमाले फागुन २० पछि तेस्रो स्थानमा खुम्चिनेछ । राष्ट्रियसभामा एमालेको १० सांसद हुनेछ । एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रियसभा अध्यक्ष छान्ने चलखेलमा निर्णायक हैसियत बनाएको छ । फागुन २० पछि राष्ट्रियसभामा एकीकृत समाजवादीको ९ सांसद हुनेछन् । सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाको दलीय सहमति अनुसार राष्ट्रपतिबाट दुर्गा पौडेल मनोनित भएपछि राष्ट्रियसभामा २ सांसद हुनेछन् । गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टी (जसपा)ले पनि राष्ट्रियसभामा १ सांसद चुनेर प्रतिनिधित्व गराएको छ ।
स्रोतका अनुसार सत्ता गठबन्धनका नेताहरुबीच बिहीबार भएको छलफलमा कांग्रेसले राष्ट्रियसभा अध्यक्ष सिटौलालाई बनाउन अडान लिएको छ । माओवादी केन्द्रले भने भक्कुप्रसाद सुवेदीलाई अध्यक्ष बनाउन प्रस्ताव गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा