
बाँके । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरको आयोजनामा हुन लागेको पाँचौ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि प्रविधि, व्यापार एंव पर्यटन महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिती तथा महिला उद्यमी समितिको मुख्य आयोजनामा माघ २५ गतेदेखि फागुन ४ गतेसम्म कोहलपुर ११ न्युरोड स्थित खुल्ला मैदानमा प्रादेशिक स्तरीय महोत्सवको तयारी पूरा भएको आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
महोत्सवको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुर्याउने नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका संयोजक हेम विक्रम जिसीले बताउनु भयो ।
महोत्सवमा २ सय ६० स्टलहरु रहेको छ । महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने आयोजनकले लक्ष्य लिएको छ । जंगल सफारी, कृषि उत्पादन एवं प्रबिधिको प्रदर्शनी स्थानीय पर्यटक स्थलको बारेमा जानकारी दिने मुख्य आकर्षण रहने बताइएको छ ।
कोहलपुर नगर क्षेत्रमा आन्तरिक पर्यटक भित्र्याउन, यहाँको मौलिक कला संस्कृति सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय स्तरमा चिनाउनका साथसाथै प्रर्यटन प्रवर्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवलाई प्रमुख उद्देश्य एंव लक्षको रुपमा लिइएको महोत्सव मूल आयोजक समिति सदस्य सचिव हिमलाल घिमिरेले बताउनु भयो ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको छ । मेला फाल्गुन ४ गते सम्म संचालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा